मलेसिया रोजगारीमा सिन्डिकेटको चलखेलप्रति नेपाल वैदेशिक रोजगार व्यवसायी संघको गम्भीर ध्यानाकर्षण

आप्रवासन आप्रवासन

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मलेसियाको रोजगारीमा श्रमिक पठाउने बहानामा सिन्डिकेट लागु गर्ने भइरहेको भन्दै गम्भीर आपत्ति जनाएको छ । 
 
 लामो समयदेखि आंशिक रूपमा मात्रै सञ्चालनमा रहेको मलेसियाको रोजगारी पूर्ण रूपमा खुल्ने तयारी भइरहेको बेला सीमित संस्था वा व्यक्तिलाई मात्र लाभ पुग्ने गरी सिन्डिकेट खडा गर्ने चलखेल भएको भन्दै नेपाल वैदेशिक रोजगार व्यवसायी संघले गम्भीर आपत्ति जनाएको हो ।

संघले एक विज्ञप्ति जारी गर्दै वैदेशिक रोजगारीको क्षेत्रमा कुनै न कुनै नाम वा  बहानामा सीमित संस्था वा व्यक्तिलाई मात्र लाभ पुग्ने गलत प्रणाली स्थापना गर्ने नीतिगत निर्णयलाई प्रभावित गर्ने तथा नेपाल मलेसिया बिचको दीर्घकालीन श्रम तथा कुटुनितिक सम्बन्धलाई समेत अनावश्यक रुममा प्रभावित गर्ने उद्देश्यले विभिन्न तहमा चलखेल भइरहेको जानकारी प्राप्त भएको जनाएको छ । 

साथै नेपाली श्रमिक माथि अनावश्यक आर्थिक भार थपिएको ,वैदेशिक रोजगारीको लागत कृत्रिम रूपमा वृद्धि भएको, स्वास्थ्य अवस्था समेत कमजोर हुने देखिएको पनि उल्लेख गरिएको छ । केही सीमित समूहले मात्र अनुचित आर्थिक लाभ लिएको तितो अनुभव अझै रहेको र त्यही प्रकृतिका गतिविधि दोहोरिने जोखिम अत्यन्तै गम्भीर, दुर्भाग्यपूर्ण र चिन्ताजनक रहेको पनि दाबी गरिएको छ । 

यस्तै वैदेशिक रोजगार क्षेत्रलाई पारदर्शी, प्रतिस्पर्धी, उत्तरदायी र श्रमिकमैत्री बनाउने राज्यको उदेश्यविपरीत हुने कुनै पनि गतिविधि नेपाल वैदेशिक रोजगार व्यावसाही संघका लागि पूर्ण रूपमा सुइकार्य नहुने समेत जनाएको छ ।  

संघले यस्ता प्रकारका कुनै पनि  सिन्डिकेटलाई प्रश्रय नदिने तथा श्रमिक र राष्ट्रको हितलाई प्राथमिकतामा राखेर निर्णय गर्न सम्बन्धित निकायको ध्यानाकर्षण समेत  गराएको छ ।

यसर्थ कुनै पनि बहानामा सिन्डिकेट लागू गर्ने, त्यसलाई संरक्षण गर्ने वा श्रमिकमाथि थप आर्थिक भार सिर्जना गर्ने प्रयास भए सदस्य संस्था, श्रमिक तथा सरोकारवालासँग समन्वय गरी कानुनी, नीतिगत तथा आवश्यक परे चरणबद्ध रुपामा सशक्त तरीकाले आन्दोलन गर्ने समेत संघले चेतावनी दिएको छ ।

अन्यथा, यस्ता गतिविधिबाट उत्पन्न हुने कानुनी, प्रशासनिक तथा सामाजिक परिणामको सम्पूर्ण जिम्मेवारी त्यस्ता गतिविधिमा संलग्न रहने व्यक्ति, संस्था वा सम्बन्धित निकाय स्वयले लिनुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको संघका अध्यक्ष डिक बहादुर खत्री कुमारले जानकारी गराएका छन् ।

759717042_1616171250093436_816946920569899303_n