हिमाल चढ्न शुल्क

नेपालका हिमाल चढ्न कति शुल्क तिर्नुपर्छ?

आप्रवासन आप्रवासन

के तपाईंलाई थाहा छ — नेपालमा हिमाल चढ्न लाग्ने शुल्क, उसको उचाइ मात्र होइन, सिजन अनुसार पनि फरक फरक हुन्छ

एभरेस्ट चढ्न कुनै सिजनमा ११ हजार डलर त अर्कोमा आधा मात्र नेपाली र विदेशीबीच पनि भारी शुल्कको अन्तर छ किन यस्तो फरक आज हामी बताउँछौं हिमाल चढ्न कति लाग्छ थाहा छैन भने अन्तिमसम्म हेर्नुहोस् — यो भिडियोमा तपाईंलाई थाहा नहुने रोचक तथ्यहरू पक्कै छन् ।

नेपाल संसारका सबैभन्दा अग्ला र प्रसिद्ध हिमालहरू रहेको देश हो । यहाँ वर्षेनी हजारौं विदेशी तथा नेपाली पर्वतारोहीहरूले विश्वप्रसिद्ध हिमालहरूको आरोहण गर्छन्।

यस्ता आरोहणका लागि सरकारलाई तोकिएको रोयल्टी अर्थात शुल्क तिर्नु पर्ने हुन्छ, जुन पर्वतको उचाइ र सिजन अनुसार फरक फरक हुन्छ। नेपाल सरकारको अध्यागमन विभागले प्रकाशित गरेको विवरणअनुसार सन् २०२५ मा लागू हुने रोयल्टी दरबारे चर्चा गरौँ ।

सगरमाथा आरोहणको लागि विदेशी पर्यटकलाई ११ हजार लाग्दा नेपालीले ७५ हजार नेपाली रुपैयाँ तिर्ने गरेका छन् । अटम सिजनमा  शुल्क घटेर पाँच हजार पाँच सय डलर र ३७ हजार ५०० नेपाली रुपैयाँ हुन्छ । विन्टर र समर सिजन अर्थात डिसेम्बर–फेब्रुअरी र जुन–अगस्टमा सबैभन्दा सस्तो विदेशीका लागि २ हजार ७५० डलर र नेपालीले १८ हजार २५० नेपाली रुपैयाँ तिर्ने गर्छ ।

सगरमाथासँगै अन्य हिमाल आरोहणका आरोहिको चाप हुने र नहुने समयले फरक परेको हो । स्प्रिङ सिजन पर्वतारोहीहरूका लागि मुख्य समय हो, मौसम प्रस्ट हुने भएकाले धेरैजसो आरोहण यसै समयमा गरिन्छ । यसै कारण, यो सिजनमा रोयल्टी पनि सबैभन्दा महँगो हुन्छ ।