युएईमा रोजगार सम्झौता

युएईमा रोजगार सम्झौता अन्त्य हुने ९ अवस्था के के हुन् ?

आप्रवासन आप्रवासन

तपाईँ युएईमा काम गरिरहनु भएको छ ? रोजगार करार अचानक रद्द, कसरी थाहा पाउने कि करार किन सकियो ?

आजको यो छोटो जानकारीमा, हामी तपाईँलाई बताउनेछौँ । तपाईँको रोजगारदाता कुन-कुन अवस्थामा तपाईँको करार कानुनी रूपमा रद्द गर्न सक्छ । धेरै नेपाली कामदारहरू यो जानकारी नपाएर अन्याय सहनु परेको छ । सम्झौता रद्द हुने युएई सरकारले तोकेका ९ कारणहरूबारे यो भिडियोमा कुरा गराै । 

संयुक्त अरब इमिरेट्सको मानव संसाधन मन्त्रालयले निजी क्षेत्रका कामदारहरूको अधिकार सुरक्षित गर्न रोजगार सम्झौता अन्त्य गर्न सकिने ९ अवस्था तोकेको छ । यी नियमले कामदार र रोजगारदाता दुवैको अधिकार जोगाउने उद्देश्य राखेको छ ।

सम्झौता अन्त्य हुने ९ मुख्य अवस्थाहरु

.सम्झौताको अवधि सकिएर पुनः नविकरण नभएको अवस्थामा।

.दुवै पक्ष ९कामदार र रोजगारदाताले लिखित सहमतिमा अन्त्य गर्ने निर्णय गरेमा ।

.कामदार वा रोजगारदाता मध्ये एकले तोकिएको सूचना अवधि दिएर करार समाप्त गर्न चाहेमा ।

.रोजगारदाताको मृत्यु भएको अवस्थामा ।

.कामदारको मृत्यु वा स्थायी अशक्तता भएको अवस्थामा ।

.कामदारलाई ३ महिनाभन्दा बढी जेल सजायको अन्तिम अदालत फैसला आएको खण्डमा ।

.कम्पनी कानुनी रूपमा स्थायी रूपमा बन्द भएको अवस्थामा ।

.कम्पनी दिवालिया, असक्षम वा अपवादजन्य अवस्था जस्तै महामारी, युद्ध आदिको कारणले चलाउन नसकिने अवस्थामा ।

.कामदारको वर्क परमिट नवीकरण हुन नसक्ने अवस्था — जब यो रोजगारदाताको नियन्त्रणभन्दा बाहिर हुन्छ ।