दुबईस्थित नेपाली महावाणिज्यदूतावास जाँदा कागजात पूरा लिएर आउन आग्रह

आप्रवासन आप्रवासन


नेपाली महावाणिज्यदूतावास, दुबईले कन्सुलर सेवा लिन आउने नेपाली सेवाग्राहीलाई आवश्यक कागजात पूरा गरेर मात्र कार्यालय आउन आग्रह गरेको छ।

महावाणिज्यदूतावासले सेवाग्राहीको समय र यात्रा खर्च अनावश्यक रूपमा नखर्चियोस् भन्ने उद्देश्यले यस्तो आग्रह गरेको हो। महावाणिज्यदूतावासले एक सुचना जारी गर्दौ राहदानी आवेदन, कागजात प्रमाणीकरण, अधिकृत वारेसनामा, यात्रा अनुमतिपत्र, मागपत्र प्रमाणीकरण, भिसा प्रमाणीकरण, श्रम स्वीकृति तथा शव फिर्तीलगायतका कन्सुलर सेवाका लागि आवश्यक प्रक्रिया र कागजातको विस्तृत जानकारी महावाणिज्यदूतावासको वेबसाइटमा राखिएको छ।

773531389_1036127242673850_4660045478841639058_n
कार्यालयले बिदा लिएर तथा यात्रा खर्च गरेर सेवा लिन आउने सेवाग्राही आवश्यक कागजात नपुग्दा काम नभई फर्किनुपर्ने अवस्था नआओस् भन्नेमा विशेष ध्यान दिएको जनाएको छ। त्यसैले आफूले लिन खोजेको सेवाका लागि आवश्यक सबै कागजात र तिनका फोटोकपीसमेत साथमा लिएर आउन महावाणिज्यदूतावासले पुनः अनुरोध गरेको छ।आवश्यक कागजात पूरा गरेर सेवाग्राही कार्यालयमा उपस्थित भएमा तोकिएको समयमै सेवा प्रदान गर्ने प्रतिबद्धता महावाणिज्यदूतावासले जनाएको छ। कागजात वा प्रक्रियाबारे अन्योल भए कार्यालयमा आउनुअघि नै आवश्यक जानकारी लिनसमेत आग्रह गरिएको छ।
महावाणिज्यदूतावासले सेवासम्बन्धी कुनै विषयमा थप जानकारी वा स्पष्टता आवश्यक परे व्हाट्सएप नम्बर ०५० ३९४ ९३०४ मा सन्देश पठाउन सकिने जनाएको छ। प्राप्त प्रश्नको जवाफ ढिलोमा सोही दिनभित्र दिने व्यवस्था रहेको पनि कार्यालयले स्पष्ट पारेको छ। महावाणिज्यदूतावासले अगस्ट १४ मा जारी गरेको सूचनामार्फत दुबईमा रहेका नेपालीलाई कार्यालय आउनुअघि आफ्नो सेवाका लागि आवश्यक कागजातको सूची आधिकारिक वेबसाइटमा जाँच गरेर मात्र उपस्थित हुन आग्रह गरेको हो।