यूएईमा जन्म प्रमाणपत्र

यूएईमा अनलाइनमार्फत बालबालिकाको जन्म प्रमाणपत्र कसरी बनाउने?

आप्रवासन आप्रवासन

यूएईमा बच्चा जन्मिएको छ ? अब अस्पताल, अफिस दौडधुप होइन घरमै बसी अनलाइनबाट जन्म प्रमाणपत्र बनाउनुहोस्

सजिलो, छिटो, भरपर्दो, कसरी बनाउने ? कुन कागजात चाहिन्छ । यूएईमा बस्ने नेपालीले त्यही जन्मिएको बच्चाको जन्मदर्ता कसरी बनाउने, यो भिडियोमा जानकारी दिदैछौ ।

अब दुबईका अभिभावकहरूले आफ्ना बच्चाको जन्म प्रमाणपत्र पूर्ण रूपमा अनलाइन माध्यमबाट प्राप्त गर्न सक्ने भएका छन् । दुबई हेल्थ अथोरिटीले हालै सुरु गरेको नयाँ डिजिटल सेवाको कारण यो सम्भव भएको हो। यस प्रणालीमार्फत अभिभावकहरूले आवेदन दिन, कागजातहरू पेश गर्न र प्रमाणपत्र प्राप्त गर्न ग्राहक सेवा केन्द्रमा जानु नपर्ने भएकोले प्रक्रिया छिटो र सजिलो बनेको छ । यो सेवा अरबी, अंग्रेजी, वा उर्दु भाषामा जन्म प्रमाणपत्र उपलब्ध गराउँछ। प्रक्रिया अस्पतालहरूले जन्मको सूचना र आवश्यक कागजातहरू एक इलेक्ट्रोनिक प्रणालीमार्फत पठाएपछि सुरु हुन्छ। त्यसपछि, अभिभावकहरूले अनलाइन आवेदन पूरा गर्न, आवश्यक शुल्क तिर्न र एक कार्य दिनभित्र जन्म प्रमाणपत्र प्राप्त गर्न सक्छन् । प्रमाणपत्र इमेल वा मोबाइल फोनमार्फत पठाइन्छ, र प्रिन्ट गरिएको प्रतिलिपि कुरियर सेवामार्फत मगाउन सकिन्छ ।

आवश्यक कागजातहरू:

दुबै अभिभावकका लागि मौलिक एमिरेट्स आईडी वा पासपोर्ट

सक्कल विवाह प्रमाणपत्र यदि यूएई बाहिर जारी गरिएको भए प्रमाणित हुनु पर्ने वा बच्चाको वंश प्रमाणित गर्ने आधिकारिक कागजात

अस्पतालले छाप लगाएको सक्कल जन्म सूचना

यी सबै कागजातहरूको डिजिटल प्रतिलिपि अस्पतालले प्रमाणीकरण गरेपछि अपलोड गर्नु पर्ने

आवेदन प्रक्रिया:

अनलाइन आवेदनको लागि पहिले डिएचएको आधिकारीक वेबसाइट dha.gov.ae मा जानुहोस् । होमपेजमा Individual Services रोज्नुहोस् र Issue a New, Copy, or Replacement Birth Certificate मा क्लिक गर्नुहोस् ।  त्यसपछि Access Service बटनमा क्लिक गरेर आफ्नो UAE Pass खाता प्रयोग गरेर लगइन गर्नुहोस्। यदि तपाईंको खाता छैन भने, आफ्नो पूरा नाम, इमेल ठेगाना, र मोबाइल नम्बर दिई नयाँ खाता खोल्न सकिन्छ। लगइन गरेपछि सेवा पृष्ठमा फर्किएर आवेदन फारम पूरा गर्नुहोस्, आवश्यक कागजातहरू अपलोड गर्नुहोस्, र त्यसपछि पेमेन्टको अप्सनमा गइ AED 70 आवेदन शुल्क तिर्नुहोस् ।