रसुवा बाढीपछि एपीएफ अस्पतालमा १ सय बेड तयारी अवस्थामा

आप्रवासन आप्रवासन

 

रसुवा बाढीको सम्भावित प्रभावलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल नेपालले उद्धार तथा स्वास्थ्य उपचारका लागि आवश्यक तयारी थालेको छ।

सशस्त्र प्रहरी बल नेपालका अनुसार नेपाल एपीएफ अस्पतालमा १ सय बेड र स्वास्थ्यकर्मीको टोली तयारी अवस्थामा राखिएको छ।

त्यस्तै, सशस्त्र प्रहरी बल नेपाल दंगा नियन्त्रण रेजिमेन्ट कीर्तिपुरबाट तीन प्लाटुन सुरक्षाकर्मीलाई काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तयारी अवस्थामा राखिएको छ।

बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि सशस्त्र प्रहरी बल नेपाल नं. २० विपद् उद्धार उपत्यका गणबाट ४५ जनाको टोली नुवाकोटतर्फ पठाइएको छ।