राहत, उद्धार र खोजीमा निजी हेलिकप्टर परिचालन गर्न अनुमति नचाहिने

आप्रवासन आप्रवासन

 

 बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार तथा खोजी कार्यका लागि निजी हेलिकप्टर परिचालन गर्न छुट्टै अनुमति लिनु नपर्ने निर्णय गरिएको छ।

बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई तीव्रता दिन निजी हेलिकप्टरलाई सहज रूपमा परिचालन गर्ने व्यवस्था गरिएको हो।

यसैबीच,राहत, उद्धार तथा खोजीमा परिचालन हुने हेलिकप्टरमा इन्धन भर्न नुवाकोटको त्रिशूलीमा हवाई इन्धनसहितको ट्यांकर पठाइएको छ। नेपाल आयल निगमले काठमाडौंस्थित डिपोबाट तत्काल इन्धन ट्यांकर त्रिशूलीतर्फ परिचालन गरेको हो।

उद्धार तथा राहत कार्यमा खटिने हेलिकप्टरलाई आवश्यक इन्धनको सहज व्यवस्था गर्न ट्यांकर पठाइएको जनाइएको छ।