विदेशी पर्यटकले नेपालमा गर्ने खर्च भन्दा विदेश जाने नेपालीले गर्ने खर्च बढी देखिएको छ । राष्ट्र बैङ्कका अनुसार गएका १० महिनामा नेपाल भित्रिएका विदेशी पर्यटकले ७५ अर्ब ७१ करोड रुपैयाँ खर्च गरेका छन् । तर पढ्न, घुम्न वा उपचार गर्न विदेश जाने नेपालीले गएका १० महिनामै १ खर्ब ८५ अर्ब ३ करोड रुपैयाँ खर्च गरेका छन् ।
पर्यटकले नेपालमा गर्ने खर्चको तुलनामा नेपालीले विदेशमा गर्ने खर्च २ गुणा भन्दा बढी देखिएको हो ।
गत वर्षको तुलनामा पर्यटकले नेपालमा गर्ने खर्च ८ दशमलव ६ प्रतिशतले बढेको छ । गत वर्ष पर्यटकहरूले नेपालमा ६९ अर्ब ७३ करोड रुपैयाँ खर्च गरेका थिए । तर गत वर्षको तुलनामा नेपालीले विदेशमा गरेको खर्च भने १७ दशमलव ९ प्रतिशतले बढेको हो । गत वर्ष पढ्न, घुम्न वा उपचार गर्न विदेश जाने नेपालीले १ खर्ब ५६ अर्ब रुपैयाँ खर्च गरेका थिए ।
यसले गर्दा १० महिनामा सेवा खाता ८६ अर्ब ५३ करोड रुपैयाँले घाटामा पुगेको छ ।