सामाजिक सञ्जालमार्फत विदेशी महिलाको चरित्र हत्या गर्ने पक्राउ

आप्रवासन आप्रवासन

 

सामाजिक सञ्जालमार्फत विदेशी महिलाको चरित्र हत्या गरेको आरोपमा नेपाल प्रहरीको साइबर ब्युरोले बाँकेका एक युवकलाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा बाँके जिल्ला नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १ बस्ने २३ वर्षीय प्रशान्त जयसवाल रहेका छन्।

साइबर ब्युरोका अनुसार विदेशी महिलासँग सामाजिक सञ्जालमार्फत चिनजान भई साथी बनेपछि प्रेम सम्बन्धमा रहेको अवस्थामा खिचिएका तस्बिरहरू जयसवालले पीडित महिलाका आफन्त तथा परिवारजनको सामाजिक सञ्जालमा पठाई चरित्र हत्या गरेका थिए।

उक्त घट्नाका सम्बन्धमा ब्युरोबाट गरिएको प्राविधिक विश्लेषण तथा अनुसन्धानका आधारमा उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेको सहयोगमा २०८३ भदौ ३० गते पक्राउ गरिएको हो। जयसवाललाई काठमाडौँ जिल्ला अदालतबाट विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा पाँच दिन म्याद थप गरी अनुसन्धान कार्य भइरहेको ब्युरोले जनाएको छ।