पर्यटकको लागि भन्सार

विदेशी पर्यटकको लागि नयाँ भन्सार व्यवस्था

आप्रवासन आप्रवासन

नेपाल भ्रमणमा आउने विदेशी पर्यटकहरुलाई सरकारले नयाँ भन्सार व्यवस्था लागू गरेको छ । यो व्यवस्था अनुसार पर्यटकहरुले निश्चित परिमाणसम्मको सामान शुल्का नतिरी ल्याउन सक्नेछन् । जस्तैः एक थान दूरबिन, ट्याब्लेट वा ल्यापटप, फोटो खिच्नुपर्ने एक थान क्यामरा, एक थान मोबाईल, एक थान घडी, एक सेट पोर्टेबल म्यूजिक सिस्टम अनि एक थान साइकल शुल्क नतिरी ल्याउन सकिने व्यवस्था गरिएको छ ।

त्यस्तै मदिरासम्बन्धी कुरा गर्दा पर्यटकहरुले अधिकतम एक लिटर मदिरा वा १२ वटा बियरको क्यान ल्याउन पाउनेछन् । चुरोटको हकमा २०० चुरोट, ५० वटा सिगार वा २५० ग्राम सूर्तीसम्म शुल्का नतिरी ल्याउन सकिने व्यवस्था गरिएको छ ।

अन्य कुरा जस्तै औषधिको कुरा गर्दा अधिकतम १० हजार रुपैयाँसम्मको औषधि, खाद्य परिकारको कुरा गर्दा ५ हजार रुपैयाँसम्मको खाद्य पदार्थ, अनि फलफूलको कुरा गर्दा २ हजार रुपैयाँसम्मको ताजा फलफूल शुल्का नतिरी ल्याउन सकिने कुरा सरकारले तय गरेको छ ।

योसँगै, पर्यटकहरुले ५ हजार अमेरिकी डलर भन्दा बढीको विदेशी मुद्रा वा ट्राभलर्स चेक साथमा ल्याउन चाहेमा त्यो कुरा भन्सार बिन्दुमा घोषणा गर्नुपर्ने व्यवस्था गरिएको छ । यदि कसैने यस्तो कुरा लुकाउन प्रयास गर्यो भने त्यस्ता सामान जफत गरिनेछ अनि सम्बन्धित व्यक्तिलाई प्रचलित कानुन अनुसार कारवाही गरिने कुरा पनि जानकारी गराइएको छ ।