मंकीपक्सबाट बच्ने उपाय

साउदीबाट फर्किएका नेपालीमा मंकीपक्स, यसरी जोगिनुहोस्

आप्रवासन आप्रवासन

साउदी अरबबाट फर्किएका एक नेपालीमा मंकीपक्स देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार अहिले ती संक्रमित व्यक्तिको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा उपचार भइरहेको छ । यसवर्ष मात्रै ३ वैदेशिक रोजगारीबाट फर्किएका ३ जना नेपालीमा मंकीपक्स पुष्टि भइसकेको छ । यस्तोमा वैदेशिक रोजगारीमा साउदी वा अन्य मुलुकमा रहेका नेपालीहरुले मंकिपक्सबारे सचेत हुन आवश्यक देखिन्छ ।

यस भिडियोमा हामी मंकीपक्स सर्ने तरिका, यसका लक्षण र बच्ने उपायका बारे जानकारी दिँदै छौँ । 

मंकीपक्स सर्ने तरिका

सङ्क्रमित व्यक्ति वा पशुसँग नजिकको सम्पर्कमा आउँदा तिनीहरूको थुक, र्‍याल, घाउ, खटिरा, शरीरबाट निस्कने तरल पदार्थ, दूषित सतह र सामग्रीबाट मंकीपक्स भाइरस सर्ने गर्छ । यो श्वास नली, आँखा, नाक वा मुख, काटिएको टोकिएको वा फुटेको छाला, यौनाङ्ग वा मलद्वार जस्ता अङ्गबाट शरीरमा प्रवेश गर्न सक्छ । 

मंकीपक्सका लक्षणहरू

  1. ज्वरो आउने
  2. सामान्यतः ज्वरो सुरु भएको १ देखि ३ दिनभित्रमा छालामा दाग देखिनु
  3. अनुहार, हत्केला र पैतालामा डाबर देखा पर्नु
  4. डाबर परिवर्तन भई फोका हुँदै पाप्रा लागेर उप्किनु
  5. टाउको, ढाड र मांसपेशी दुख्नु
  6. शरीरका ग्रन्थिहरू बढ्नु

यी लक्षण १४ देखि २८ दिनसम्म रहन सक्छ र सामान्यतया आफैँ हराउँछ । 

मंकीपक्सका सम्भावित जटिलताहरू

  1. आँखामा सङ्क्रमण र दृष्टि गुम्नु
  2. अन्य जीवाणुको सङ्क्रमण
  3. मस्तिष्क ज्वर
  4. गर्भ खेर जानु
  5. मृत्यु

 

मंकीपक्सबाट बच्ने उपायहरू

  1. मंकीपक्स शङ्का वा पुष्टि भएका व्यक्तिसँग असुरक्षित सम्पर्कमा नजाने
  2. घाउसँग प्रत्यक्ष सम्पर्क हुन्छ भने पन्जा लगाउने
  3. नियमित साबुन पानीले हात धुने
  4. मरेका र बिरामी जनावरको सम्पर्कमा नजाने
  5. सङ्क्रमित व्यक्तिका लुगा तौलिया ओछ्यान र भाँडाहरू तातो पानी र डिटरजेन्टले धुने
  6. सङ्क्रमितको सम्पर्कमा आएको सतह र स्थान निसंक्रमण गर्ने
  7. मासुजन्य खानेकुरा राम्ररी पकाएर मात्र खाने
  8. फोहोरलाई उचित स्थानमा फाल्ने