एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेन शाहले गर्ने

आप्रवासन आप्रवासन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन प्रधानमन्त्री बालेन शाहले गर्ने भएका छन् ।
प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार प्रधानमन्त्री बालेन उद्घाटनका लागि अपराह्न त्रिवि क्रिकेट मैदान जाने तयारी छ।
शाहले आजै तेस्रो संस्करण सुरु हुन लागेको अवसरमा नेपाली क्रिकेटलाई शुभकामना दिएका छन् ।
बालेनले सामाजिक सञ्जाल फेसबुकमार्फत आजदेखि सुरु हुने एनपीएललाई नेपालको सबैभन्दा ठूलो खेलकुद आयोजनाका रूपमा उल्लेख गर्दै प्रतियोगितामा सहभागी हुने विदेशी खेलाडी, कमेन्टेटर, नेपाली खेलाडी, आयोजक र नेपाल क्रिकेट संघलाई शुभकामना दिएका हुन् ।
'नेपालको सबैभन्दा ठूलो खेलकुद आयोजना नेपाल प्रिमियर लिग आजदेखि सुरु हुँदैछ । केही वर्षमै यो ठूलो खेलकुद उत्सवका रूपमा विकसित भएको छ,' उनले लेखेका छन् ।
उनले प्रतियोगितामा सहभागी हुन आएका सबै अन्तर्राष्ट्रिय खेलाडी र कमेन्टेटरलाई स्वागत गर्दै नेपाली खेलाडी, आयोजक तथा क्यानलाई सफल आयोजनाका लागि शुभकामना दिएका छन् ।