सन् २०२५ को जुन महिनामा ७६ हजार बढी पर्यटक नेपाल आएका छन् ।
नेपाल पर्यटन बोर्डका अनुसार जुन महिनामा ७६ हजार ४२५ विदेशी पर्यटक नेपाल भ्रमणमा आएका हुन् ।
सन् २०२४ को जुन महिनामा ७६ हजार ७३६ पर्यटक नेपाल आएका थिए ।
जुन महिनामा सबैभन्दा धेरै अर्थात् ३२ हजार ६६२ पर्यटक भारतबाट आएका छन् ।
त्यसपछि अमेरिकाबाट ९ हजार ६९६ र चीनबाट ६ हजार ७३६ नेपाल भ्रमणमा आएका छन् ।
यस्तै, बङ्गलादेशबाट ५ हजार ४४९ र बेलायतबाट २ हजार २८४ पर्यटक नेपाल भित्रिएका छन् ।
योसँगै सन् २०२५ को ६ महिनामा नेपाल आउने पर्यटकको सङ्ख्या पौनै ६ लाख पुगेको छ ।
बोर्डका अनुसार गएको जनवरीदेखि जुनसम्ममा ५ लाख ७७ हजार ६८९ विदेशी पर्यटक नेपाल आएका हुन् ।
यो गत वर्षको सोही अवधिको तुलनामा ६ हजारले कम हो ।
सन् २०२४ को पहिलो ६ महिनामा ५ लाख ८३ हजार ११ पर्यटक नेपाल आएका थिए ।