अमेरिकाको भिजिटर भिसा

नेपालीलाई भिजिटर भिसा दिन अमेरिकाको कडाइ

आप्रवासन आप्रवासन

अमेरिकाले नेपालीलाई भिजिटर भिसा दिन व्यापक कडाइ गर्दै लगेको पाइएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्ता सम्हालेयता अमेरिकाको भिजिटर भिसा पाउने नेपालीको सङ्ख्या लगातार घट्दै गएको हो ।

अमेरिकाको ब्युरो अफ कन्सुलर अफेयर्सको पछिल्लो तथ्याङ्क अनुसार मे महिनामा ९०८ जना नेपालीले अमेरिकाको भिजिटर भिसा पाएका छन् ।

यो ट्रम्पले सत्ता सम्हालेको गत जनवरी महिनाको दाँजोमा ६० प्रतिशतले कम हो ।

जनवरीमा जनवरीमा २ हजार १५० नेपालीले भिजिटर भिसा पाएका थिए ।

तर त्यसपछि भने भिजिटर भिसा स्वीकृति दर निरन्तर ओरालो लाग्दै गएको हो ।

फेब्रुअरीमा अमेरिकाको भिजिटर भिसा पाउने नेपालीको सङ्ख्या घटेर १ हजार ८३८ पुगेको थियो ।

त्यसपछि मार्चमा १ हजार ५५० र अप्रिलमा १ हजार ३०७ नेपालीलाई मात्र अमेरिकाले भिजिटर भिसा प्रदान गरेको छ ।

योसँगै सन् २०२५ को ५ महिनामा ७ हजार ७५३ नेपालीले भिजिटर भिसा पाएका छन् ।

सन् २०२४ मा २४ हजार ३०९ नेपालीले अमेरिकाको भिजिटर भिसा पाएका थिए ।

तर हालसम्मको तथ्याङ्क हेर्दा गत वर्षको तुलनामा यो वर्ष निकै कम नेपालीले मात्र भिजिटर भिसा पाउने सङ्केत देखिन्छ ।