अमेरिकामा कार दुर्घटनामा

अमेरिकामा कार दुर्घटनामा परी २ नेपालीको मृत्यु

आप्रवासन आप्रवासन

अमेरिकामा भएको एक कार दुर्घटनामा परी २ जना नेपालीको मृत्यु भएको छ । 

अमेरिकाको लुइजियाना टेक विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी राजन यादव र रोजिन ओली सवार कार दुर्घटना हुँदा दुवै जनाको घटनास्थलमै मृत्यु भएको अमेरिकी सञ्चार माध्यमहरूले जनाएका हुन् । 

यद्यपि, उनीहरूको नेपालको ठेगाना भने खुलेको छैन । 

दुर्घटनामा थप २ जना समेत घाइते भएको बताइएको छ । 

उनीहरूको एक स्थानीय अस्पतालमा उपचार भइरहेको छ । 

अमेरिकामा भारी वर्षा तथा आँधीबेहरी चलेको समयमा कार एक रुखमा ठोक्किएर दुर्घटनामा परेको जनाइएको छ । 

प्रहरीले घटनाबारे अनुसन्धान जारी रहेको जनाएको छ ।