साउदीमा विदेशी ड्राइभिङ लाइसेन्स

साउदीमा विदेशी ड्राइभिङ लाइसेन्सलाई १ वर्षको मात्रै मान्यता

आप्रवासन आप्रवासन

साउदी अरबमा विदेशी ड्राइभिङ लाइसेन्सले एक वर्षको मात्र मान्यता पाउने भएको छ ।

साउदीको ट्राफिक महानिर्देशनालयले विदेशी ड्राइभिङ लाइसेन्स प्रयोग गरेर गाडी चलाउन सक्ने सर्तहरूको बारेमा नयाँ व्यवस्था जारी गरेको हो।

नयाँ व्यवस्था अनुसार अब विदेशीले आफ्नो प्रवेश मितिबाट एक वर्ष वा लाइसेन्सको म्याद समाप्त मितिमध्ये जुन पहिले आउँछ सोही अवधिसम्म मात्रै साउदीमा गाडी चलाउन आफ्नो लाइसेन्स प्रयोग गर्न पाउने छन्।

त्यस्तो लाइसेन्सलाई आधिकारिक निकायबाट ट्रान्सलेट गराउनु पर्ने छ भने साउदीको सवारी श्रेणीसँग मेल खानुपर्ने छ ।

याँ ट्राफिक नियमबाट साउदीमा सवारी चालकका रूपमा कार्यरत नेपाली समेत प्रत्यक्ष प्रभावित हुने भएका छन् ।

साउदीमा करिब ४ लाख नेपाली छन् ।

जसमध्ये कति नेपाली सवारी चालकका रूपमा कार्यरत छन् भन्ने यकिन छैन ।

महानिर्देशनालयले म्याद सकिएको लाइसेन्ससहित गाडी चलाएमा त्यसलाई एक प्रमुख अपराध मानिने भनेर स्पष्ट पारेको छ ।

त्यसैले साउदीमा सवारी चालकका रूपमा कार्यरत वा जाने तयारीमा रहेका नेपाली नयाँ नियमबारे जानकार रहनुहोला ।