जहाजको ऋणको किस्ता

निगमले तिर्‍यो जहाजको ऋणको असारसम्मको किस्ता

आप्रवासन आप्रवासन

नेपाल वायुसेवा निगमले जहाज खरिद गर्दा लिएको ऋणको असारसम्मको साँवा ब्याजको किस्ता तिरेको छ ।

निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई असार ३२ गते ५३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ भुक्तानी गरेको हो ।

यसमा न्यारोबडी जहाजको असार मसान्तसम्मको किस्ताबापत पुरा र २ वाईडबडी जहाजको आंशिक किस्ता समावेश रहेको निगमले जनाएको छ ।

निगमले नेपाल सरकारको जमानीमा अन्तर्राष्ट्रिय उडानका लागि २ वटा न्यारोबडी र २ वटा वाइडबडी जहाज खरिद गर्न कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट ३४ अर्ब रुपैयाँ ऋण लिएको थियो । 

सोही ऋणको साँवा ब्याजको किस्ता निगमले मासिक रूपमा भुक्तान गर्दै आएको छ ।

तर कोभिड-१९ र अन्य समय नियमित जहाज उडाउन नसकेको निगमले तालिका अनुरूप ऋणको दायित्व भने भुक्तान गर्न सकेको छैन ।

यसले गर्दा निगमको ऋण दायित्व ५० अर्ब रुपैयाँ नाघिसकेको छ ।