नेपाल एयरलाइन्सलाई अवार्ड

नेपाल एयरलाइन्सलाई आईटिसिटीए २०२५ अवार्ड

आप्रवासन आप्रवासन

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) इन्टरनेश्नल टुरिजम कन्क्लेभ एण्ड टाभल अवार्डस (आईटिसिटीए) २०२५ द्वारा सम्मानित भएको छ ।

भारतको नयाँदिल्लीमा आयोजित १०औं आईटिसिटीए अवार्डमा 'बेस्ट एयरलाइन्स अन नेपाल रुट' को अवार्डबाट निगमलाई सम्मानित गरिएको हो ।

अवार्डले निगमको​ प्रतिष्ठालाई थप मजबुत बनाएको निगमका प्रवक्ता सुवास डाँगीले बताए ।

‘यस सम्मानले नेपालको राष्ट्रिय ध्वजावाहकको रूपमा नेपाल वायुसेवा निगमको प्रतिष्ठालाई थप मजबुत बनाएको छ । साथै, नेपाल-भारतबीचको पर्यटन प्रवर्द्धन तथा जनस्तरको सम्बन्ध सुदृढ गर्न योगदान पुर्‍याउनुका साथै सुरक्षित, भरपर्दो र यात्रुमैत्री हवाई सेवा प्रदान गर्ने निगमको प्रतिबद्धतामा थप प्रेरणा तथा हौसला प्रदान गरेको छ,’ प्रवक्ता  डाँगीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।