अध्यागमन विभागले भिजिट भिसासम्बन्धी हालको मापदण्ड हटाउने तयारी गरेको छ ।
गृह मन्त्रालयले २०७८ फागुनमा भिजिट भिसामा जानेका लागि १७ बुँदे मापदण्ड जारी गरेको थियो ।
जसमा वार्षिक ५ लाख रुपैयाँ करयोग्य आम्दानी हुनुपर्ने र त्यसको आधा रकम बैंकमा मौज्दात हुनुपर्ने व्यहोरा छ ।
यस्तै, २ पटक खाडी र एक पटक अन्य कुनै देश घुमेको हुनुपर्ने, १२ कक्षा उत्तीर्ण र अंग्रेजी बोल्न जान्ने हुनुपर्ने विषय राखिएको छ ।
विदेशबाट कसैले स्पोन्सर गरे वा नातागोताले आमन्त्रण गरे नाता–प्रमाणित हुने कागजात र स्पोन्सर गर्नेको विवरण अनिवार्य गरिएको छ ।
मन्त्रालयले त्यसपछि पुन: ६ बुँदे मापदण्ड जारी गरेको थियो ।
जसमार्फत भिजिट भिसामा युरोप, एसिया र अफ्रिका जान थप कडाई गरिएको छ ।
तर यी मापदण्डको दुरुपयोग गरी बिचौलिया र अध्यागमन अधिकारीले नाजायज लाभ उठाएको भन्दै विभागले मापदण्ड खारेजको तयारी गरेको हो ।
विभागले भिसा र अवधि भएको पासपोर्ट भए विदेश जान पाउने गरी खुकुलो नीति ल्याउन लागेको हो ।