पोखरा र भैरहवाबाट अन्तर्राष्ट्रिय उडान

पोखरा र भैरहवाबाट हुने अन्तर्राष्ट्रिय उडानमा भारी छुट

आप्रवासन आप्रवासन

सरकारले पोखरा र गौतम बुद्ध विमानस्थलमार्फत हुने अन्तर्राष्ट्रिय हवाई उडानमा भारी छुट दिएको छ ।

सरकारले यी २ अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रोत्साहन गर्न विभिन्न छुटको घोषणा गरेको हो ।

यो छुट ‘नागरिक उड्डयन क्षेत्रको समग्र सुधार तथा गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन सम्बन्धी कार्ययोजना’ अन्तर्गत लागू हुने छ ।

जस अन्तर्गत अन्तर्राष्ट्रिय हवाई टिकटमा लाग्ने ३ हजार रुपैयाँ बराबरको यात्रु सेवा शुल्क पूर्ण रूपमा छुट गरिएको छ ।

एक हजार रुपैयाँ बराबरको पर्यटन शुल्क पनि नलाग्ने भएको छ ।

अन्तर्राष्ट्रिय उडानमा लाग्ने ग्राउन्ड ह्याण्डलिङ शुल्कमा ७५ प्रतिशत छुट दिइएको छ।

यसबाहेक, अन्तर्राष्ट्रिय उडानको पार्किङ, ल्यान्डिङ र न्याभिगेसन शुल्कमा समेत पूर्ण छुट दिइएको छ ।

यो व्यवस्था २०८३ भदौ मसान्तसम्म कायम रहनेछ।

अर्बौँ लागतमा बनेका यी अन्तर्राष्ट्रिय विमानस्थलमार्फत नियमित अन्तर्राष्ट्रिय उडानहरू हुन सकेका छैनन् ।

सोही कारण अन्तर्राष्ट्रिय एयरलाइन्सलाई प्रोत्साहन गर्न सरकारले यी छुट दिएको हो ।