कतार जहाँ हजारौँ नेपालीहरूले कामदार रोजगार गरिरहेका छन् ।
त्यहाँ बस्ने, काम गर्ने र सामाजिक जीवन बिताउने क्रममा अरूको निजी क्षण अनधिकृत रूपमा कैद गरेर सार्वजनिक गरेमा थुनामा परिने छ ।
अब कतारमा गोपनीयता उल्लङ्घनलाई ठट्टा ठान्न पाइने छैन ।
यदि कसैले सहमति बिना अरूको तस्बिर वा भिडियो इन्टरनेटमा राख्ने हो भने १ वर्ष जेल र १ लाख कतारी रियालसम्म जरिमाना तिर्ने कानुन लागू भइसकेको छ ।
कतारको संशोधित साइबर अपराध कानुनले स्पष्ट रूपमा भन्छ- सार्वजनिक स्थानमा हुँदा, मोबाइल वा अन्य कुनै माध्यमबाट खिचिएको फोटो वा भिडियो, व्यक्तिको अनुमति बिना पोस्ट गर्नु वा पठाउनु गैर कानुनी हो ।
यस्तो काम कानुनले नै निषेध गरेको छ, चाहे तपाईँ साथी, सहकर्मी वा अपरिचित नै किन नहुनुहोस् ।
यो नयाँ प्रावधान ४ अगस्ट २०२५ देखि लागू भएको हो, जसलाई कतारी अमिर शेख तमिम बिन हमद अल–थानीले अनुमोदन गरेका छन् ।
२०१४ को पुरानो कानुनमा थपिएको यो धारा ८ बीआईएसले दण्ड सजायलाई अझ कडा बनाएको छ ।
कतारमा अहिले करिब ४ लाख नेपाली विभिन्न पेसामा कार्यरत छन् ।