कुवेतमा आवासीय कम्प्लेक्स

आप्रवासी कामदार राख्न १२ नयाँ कम्प्लेक्स बनाउँदै कुवेत

आप्रवासन आप्रवासन

कुवेतले आप्रवासी कामदारहरूलाई राख्न १२ वटा नयाँ आवासीय कम्प्लेक्स निर्माण गर्ने घोषणा गरेको छ ।

कुवेत सरकारले पारिवारिक आवास क्षेत्र बाहिर तोकिएका स्थलहरूमा नयाँ आवासीय कम्प्लेक्स निर्माण गर्ने योजना सार्वजनिक गरेको हो ।

यी कम्प्लेक्स विशेष गरी अविवाहित आप्रवासी कामदारका लागि तयार पारिने योजना छ ।

यी आवासहरू आप्रवासी श्रमिक बढी भएका क्षेत्रहरूमा बन्ने छन् ।

यसले आप्रवासी आवासलाई नियमन गर्ने, सहरी योजना सुधार गर्ने र सामाजिक सुरक्षा बलियो बनाउने सरकारको भनाई छ।

यी आवासीय कम्प्लेक्सहरू वातावरणीय दिगोपन, जनस्वास्थ्य र सेवा पूर्वाधारका हिसाबले समेत अब्बल हुने दाबी गरिएको छ ।

यी कम्प्लेक्सहरूले कुवेतमा रहेका आप्रवासीहरूको बसाइको अवस्थामा सुधार ल्याउने अपेक्षा छ ।

कुवेतमा बसोबास गर्ने कुल जनसङ्ख्याको करिब ७० प्रतिशत आप्रवासी छन् ।

कुवेतको जनसङ्ख्या करिब ४४ लाख छ जसमा करिब ३० लाख त आप्रवासी मात्र छन् ।

कुवेत नेपालीहरूको समेत प्रमुख रोजगार गन्तव्य हो ।

कुवेतमा एक लाख बढी नेपाली रहेको अनुमान छ ।