साउदीमा श्रम स्वीकृति वैधानिकीकरण

साउदीमा नेपालीका लागि श्रम स्वीकृति वैधानिकीकरण सेवा १५ अगस्टदेखि

आप्रवासन आप्रवासन

साउदी अरबमा वैधानिक रूपमा कार्यरत नेपालीका लागि श्रम स्वीकृति वैधानिकीकरण सेवा सुरु गर्ने भएको छ ।

श्र, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको निर्देश अनुसार, सन् २०२४ सेप्टेम्बर ३० भन्दा अगाडि रोजगारी भिसा प्राप्त गरेका नेपाली ले वैधानिकीकरण श्रम स्वीकृति गराउन पाउने भएका हुन् ।

सेवा आगमी १५ अगस्टबाट सुरु हुने साउदीस्थित नेपाली दूतावासले एक सुचना मार्फत भनेको छ ।

सेवा लिन चाहनेले अनलाइनमार्फत आवेदन दिन सक्नेछन् ।

आवेदनका लागि कम्तीमा ३ महिना बाँकी रहेको पासपोर्ट, वैध रेसिडेन्ट आईडी, जीवन बीमा, सामाजिक सुरक्षा कोषमा रकम जम्मा प्रमाण, वैदेशिक रोजगार बोर्डको कोषमा रकम जम्मा प्रमाण र रोजगार करार सम्झौता आवश्यक पर्ने छ ।

कामदारले वैदेशिक रोजगार विभागको अनलाइन प्रणाली FEIMS मा कागजात अपलोड गरेर आवेदन गर्नुपर्नेछ।

आवश्यक कागजात प्रमाणीकरणपछि अनलाइन प्रणालीमा व्यक्तिगत बायोमेट्रिक विवरण समेत अद्यावधिक गर्नुपर्नेछ।

अधिक जानकारीका लागि वेबसाइट feims.dofe.gov.np वा दूतावासमा सम्पर्क गर्न सकिन्छ ।