युएईले विभिन्न कसुरमा जेलमा रहेका १२० नेपालीलाई सजाय माफ गरेको छ।
युएईस्थित नेपाली दूतावासका अनुसार इस्लाम धर्मावलम्बीको महान् पर्व अल अहादका अवसरमा युएई सरकारले ती नेपालीको बाँकी कैद सजाय माफ गरिदिएको हो।
यसअघि युएईले रमजानको अवसरमा पनि १६६ जना नेपाली बन्दीलाई आम माफी दिएको थियो ।
युएई नेपालीहरूको प्रमुख रोजगार गन्तव्य हो ।
आर्थिक वर्ष २०८१/८२ मा ८ लाख ३९ हजार २६६ युवा वैदेशिक रोजगारीमा गएका थिए ।
जसमध्ये ३० प्रतिशत नेपालीले युएईलाई रोजगार गन्तव्य बनाएका थिए ।
आर्थिक वर्ष २०८१/८२ युएई जानेको सङ्ख्या २ लाख ७४ हजार ५९० थियो।
आर्थिक वर्ष २०८०/८१ मा पनि १ लाख ९३ हजार ४३८ जना नेपाली रोजगारीका लागि युएई गएका छन्।
युएईमा झन्डै ६ लाख नेपाली रहेको अनुमान छ ।