विभिन्न रोजगार गन्तव्यमा वैधानिकीकरण श्रम स्विकृती सुरु भएसँगै यसको शुल्क सार्वजनिक गरेको छ ।
युएईस्थित नेपाली दूतावासले एक सुचना जारी गर्दै वैधानिकीकरण श्रम स्वीकृति गर्दा लाग्ने शुल्क सार्वजनिक गरेको हो ।
जस अनुसार बीमा शुल्कका ३ हजार ७०८, ४ हजार ९३१, ९ हजार ४६३ रुपैयाँ लाग्ने छ ।
यो क्रमशः १८ देखि ३५ बर्ष उमेर समुह, ३६ देखि ५० र ५१ देखि ६४ बर्षसम्मका उमेर समुहलाई लाग्ने शुल्क हो ।
यसैगरि कल्याणकारी कोषका लागि १५ सय रुपैयाँ लाग्ने छ ।
सामाजिक सुरक्षा कोषको प्रति महिना २ हजार ५९६ रुपैयाँ शुल्क लाग्ने छ ।
शुल्क भुक्तान गर्दा सही शीर्षक र खातामा मात्र रकम जम्मा गर्न दूतावासले सचेत गराएको छ ।
वैधानिकीकरण श्रम स्वीकृती फारम आवेदक आफैले अनलाइन मार्फत भर्न सकिने समेत दूतावासले जनाएको छ ।
पुन: श्रम स्वीकृती गराउनुपर्ने व्यक्तिले स्क्रिनमा देखाइएको लिंकबाट नविकरण प्रक्रिया पूरा गर्न सक्नेछन् ।