कुवेत मदिरा अपडेट

कुवेत मदिरा अपडेट: ११ नेपाली आइसियुमा, अवस्था गम्भीर

आप्रवासन आप्रवासन

कुवेतमा विषाक्त मदिरा सेवन गरी अस्पताल भर्ना भएकामध्ये ११ जना नेपाली अझै आईसीयूमा रहेका छन् ।

आईसीयूमा उपचारत अधिकांशको अवस्था गम्भीर रहेको कुवेतस्थित नेपाली दूतावासले  जनाएको  छ ।

गत साता विषाक्त मदिरा सेवन गरेका १६० जना आप्रवासी कामदार अस्पताल भर्ना भएका थिए, जसमा ५० जनाभन्दा बढी नेपाली रहेका थिए ।

विषाक्त मदिरा सेवन गर्ने २३ जनाको मृत्यु भइसकेको छ ।

हालसम्म १२ जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ ।

यद्यपि, घटनामा १६ जना नेपालीको मृत्यु भएको आशंका छ ।

कुवेत प्रहरीले विषाक्त मदिरा उत्पादन र बिक्री गरेको आरोपमा ६७ जनालाई पक्राउ गरिसकेको छ ।

पक्राउ पर्नेमा २ जना नेपाली रहेको जनाइएको छ ।

कुवेतमा मदिरा उत्पादन बिक्रि वितरण गैरकानूनी हो ।

तर त्यस्ता देशमा बस्ने आप्रवासी कामदारहरुले लुकीछिपी मदिरा उत्पादन गरि बेच्ने गरेका छन् ।

गत साता मात्र कुवेतमा विषाक्त मदिराले ठूलो संख्यामा कामदारहरुको मृत्यु भएपछि यसको जालो खुल्दै गएको हो ।

उता अस्पतालमा रहेका कामदार निको भए पश्चात पक्राउ गरि देश निकाला गर्ने कुवेत सरकारले घोषणा गरिसकेको छ ।