साउदी अरेबियाका विभिन्न ठाउँमा पासपोर्ट तथा कन्सुलर सेवाका लागि घुम्ती सेवा शिविर हुने भएको छ ।
साउदीको जेद्दास्थित नेपाली दूतावासले भदौ २० गते हुने पासपोर्ट नविकरणका लागि प्रि-इनरोलमेन्ट खुला गरेको जनाएको हो ।
स्वयम फाराम भर्न नसक्नेहरूले गैर आवासीय नेपाली संघ, साउदी अरेबियाका पदाधिकारी वा सदस्यलाई WhatsApp मार्फत् सम्पर्क गरी निःशुल्क सहयोग लिन सक्ने समेत सुचना भनिएको छ ।
पासपोर्ट नवीकरणमा १ वर्षभन्दा कम म्याद बाँकी पासपोर्ट मात्रै मान्य हुनेछन् ।
रियादबाहेक अन्य केन्द्र तोकेर फाराम भर्नेको शिविरमा नवीकरण नहुने दूतावासले स्पष्ट पारेको छ ।
नवीकरणका लागि २०० रियाल र हराएको वा बिग्रिएको अवस्थामा ३०० रियाल तोकिएको छ ।
यस्तै सो अवसरमा एक्टिज भिसा को पनि फाराम भरिने छ ।
साथै, साउदीको यान्बु तथा सो वरपरका क्षेत्रमा कार्यरत नेपाली श्रमिकका लागि नेपाली कन्सुलेट जनरलले पासपोर्ट नवीकरण शिविर संचालन गर्ने भएको छ ।
कन्सुलेटले जारी गरेको सूचनाअनुसार आगामी भदौ २७ गते शिविर आयोजना हुनेछ ।
बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म संचालन हुने शिविर पब्ज सिगार गार्डेनमा हुने जनाइएको छ ।