ओमानमा तलब, बिदा र बोनस

ओमानमा कामदारको तलब, बिदा र बोनस, के छ कानुनी प्रावधान ?

आप्रवासन आप्रवासन

पछिल्लो समय ओमान नेपाली कामदार माझ  रोजगारीको लागि लोकप्रिय गन्तव्य बनेको छ । त्यहाँ एक त ओमानी पैसाको सटही दर राम्रा छ । अर्को श्रमिकका लागि यो नयाँ गन्तव्य समेत हो । तर ओमान जाने सोच बनाउँदै गर्दा त्यहाँ काम गर्ने अवसरसँगै पारिश्रमिक वा विदेशी कामदारबारे त्यहाँको श्रम कानूनमा भएको प्रावधान बुझ्न अति नै आवश्यक छ । यो भिडियोमा कुरा गर्दैछौ, ओमानले विदेशी कामदारका लागि कार्य अवधि, भत्ता, रोजगार सम्झौतामा के के समेटेको छ । यदी तपाई यो बिषमा अनविज्ञ हुनुहुन्छ भने भिडियो अन्तिमसम्म हेर्नुहोला ।

सबैभन्दा पहिले त बुझ्नुहोस् कुनै पनि रोजगारदाता वा कम्पनीले जबरजस्ती काममा लगाउन नपाउने भनेर ओमानको श्रम कानूनले भनेको छ । सन् २०२३ जुलाईमा जारी भएको नयाँ श्रम कानूनले कामदार रोजगारदाता विरुद्ध लेबर कोर्टमा कामबाट निकालेको ३० दिन भित्र उजुरी दिना पाउने भनेको छ । यस्तै कामदार बर्खास्ती गलत भएको प्रमाणित भएमा कम्पनीले पुनः काममा फर्काउनु पर्ने वा ३ देखि १२ महिना सम्मको क्षतिपूर्ति भराउन सक्ने प्रावधान रहेको । यस्तै कम्पनीले श्रमिकको व्यक्तिगत कागजात जस्तै पासपोर्ट होल्ड गरेर राख्न पाउँदैनन् । अर्को तर्फ यदी कम्पनीले दुइ महिना भन्दा बढी समयावधिको तलब दिएको छैन भने कामदारले काम छोडन सक्छ तर यसरी काम छोडदा पनि सुविधा भने कटौति हुदैन । यस्तै कामदार बिरामी भएर काममा जान नसकेको अवस्थामा भने मेडिकल सर्टिफिकेट अनिवार्य रुपमा पेश गर्नुपर्ने छ । अर्को ओमानमा रहेका वा जाने तयारीमा रहेका श्रमिकले बुझ्नु पर्ने कुरा भनेको उपदान सम्बन्धीको प्रावधान उपदान पाउने व्यवस्थालाई ओमान सरकारले ेर बचत प्रणाली लागु गरेको छ । उपदान स्वरुपको रकम कामदारले एकमुष्ठ काम छोड्दा वा सम्झौता अनुसारको अबधि सकिएपछि पाँउने व्यवस्था गरेको छ ।

जसमा पहिलो तीन वर्षको सेवामा प्रत्येक वर्षको लागि पन्ध्र दिनको ज्याला उपदान रकम बचत हुने छ र त्यसपछिका वर्षहरूमा प्रत्येक वर्षको लागि एक महिनाको तलब बराबर उपदानको दिइने छ । यदी कोही व्यक्तिको तलब एक हजार ओमानी रियाल भए उसले करिब ५ बर्ष काम गरे भने उपदान स्वरुप ३ हजार ओमानी रियाल पाउने छन् । अब तपाईको सम्झौता पत्रमा भएको तलब अनुसार आफूले पाउने उपदानको हिसाब लगाउनुहोला । याद राख्नुहोला काम गरेको एक बर्षभन्दा कम अबधि भएमा भने यस्तो उपदान पाइदैन ।

ब कुरा गरौँ कार्यसमय र बिदाको । ओमानमा सामान्यतया हप्तामा ४० घण्टा भन्दा बढी काम गराउन पाइँदैन । सामान्यतया ६ दिनको कार्यतालिका हुन्छ र दिनमा ८ घण्टा मात्र गराउँनुपर्छ । यदी ८ घण्टाभन्दा बढी समय काम लगाएमा त्यो ओभर टाइममा गनिने छ र त्यसको छुट्टै रकम दिनुपर्ने हुन्छ । श्रम कानूनी प्रावधान अनुसार ओभर टाइम सुविधा दिएर पनि दिनको बाह्र घण्टा भन्दा बढी काम लगाउन पाइदैन । अनि रमदानको समयमा त झन कार्यसमय दिउसोको काममा तलवमा पच्चिस प्रतिशत थप गरेर ओभरटाइम सुविधा र रातिको समयमा पचास प्रतिशत थप हुने विदा सम्बन्धी व्यवस्थामा भनिएको छ ।  बिदा सम्बन्धित अझ स्पष्ट कानूनी प्रावधान छ । काम गरेको ६ महिना पूरा भएका श्रमिकले बर्षमा तीन दिनको बिदा पाउने छन् । यदी यही ३० दिने बिदामा नेपाल आउन चाहेमा दुई तर्फी टिकटको व्यवस्था कम्पनीले उपलब्ध गराउनु पर्ने हुन्छ ।

हमिले अहिले भनेका सबै सुविधा तपाईको अधिकार हो । यी प्रवाधानबारे तपाईको सम्झौतामा पनि उल्लेख गरिएको हुन्छ । त्यसैले वैदेशिक रोजगारीबारे तयारी गर्दै गर्दा आफ्नो अधिकारबारे प्रष्ट हुनुहोला । आफू ठगिएको वा कम्पनीले प्रवाधान विपरित काम गराएको महसुस भएमा नेपाली दूवातावसको सहयोग लिन सक्नुहुने छ ।