भ्रमण खर्च

विदेशीले नेपालमा भन्दा नेपालीले विदेशमा गर्ने खर्च ३ गुणा बढी

आप्रवासन आप्रवासन

विदेशीले नेपालमा भन्दा नेपालीले विदेशमा गर्ने खर्च ३ गुणा बढी हुने गरेको छ । 

राष्ट्र बैङ्कले सार्वजनिक गरेको एक तथ्याङ्कले यो देखाएको हो । 

गत आर्थिक वर्षमा पर्यटकबाट अनुमानित ८८ अर्ब ६६ करोड रुपैयाँ आय भएको छ ।

यो अघिल्लो आर्थिक वर्ष भन्दा ७.७ प्रतिशतले बढी हो ।

आर्थिक वर्ष २०८०/८१ मा भ्रमण आय ८२ अर्ब ३३ करोड रुपैयाँ थियो । 

तर भ्रमण आयको दाँजोमा भ्रमण व्यय भने झन्डै ३ गुणाले धेरै छ । 

आर्थिक वर्ष २०८१/८२ मा विदेश घुम्न जाने नेपालीले २ खर्ब २३ अर्ब खर्च गरेका छन् ।

यो अघिल्लो आर्थिक वर्षको दाँजोमा १८.१ प्रतिशतले बढी हो । 

आर्थिक वर्ष २०८०/८१ मा भ्रमण व्यय १ खर्ब ८९ अर्ब रुपैयाँ थियो ।