अमेरिकामा आप्रवासीलाई सङ्कट

अमेरिकामा आइआरएस र आइस बिच सम्झौता, आप्रवासीलाई थप सङ्कट

आप्रवासन आप्रवासन

अमेरिकामा आप्रवासीमाथि थप कठिन हुने देखिएको छ ।

अमेरिकाको इन्टरनल रेभिन्यु सर्भिस, आइआरएस र इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट,आइस बिच एक सम्झौता हुन लागेको छ । जसले आप्रवासीलाई थप अप्ठ्यारो पार्ने देखिन्छ ।

प्रस्तावित सम्झौतामा आइआरएसले आइसलाई करदाता डाटा प्रयोग गर्न दिने उल्लेख छ । यदि त्यसो भएमा कागजात नभएका आप्रवासीहरूको नाम, ठेगानासहित व्यक्तिगत विवरण सहजै आइससँग पुग्ने छ ।

त्यसमार्फत आइसले गोप्य करदाता डाटाबेससँग ती विवरणहरूलाई जाँच गरी आप्रवासीको थप विवरण प्राप्त गर्न सक्ने छन् । जसले अवैध आप्रवासी पक्राउलाई थप सजिलो बनाइदिने छ ।

अमेरिकामा लामो समयदेखि व्यक्तिको कर सम्बन्धी जानकारीलाई गोप्य तथा सुरक्षित मानिन्छ । कागजात नभएका आप्रवासीहरूले वैध कागजात नभए पनि आइआरएसलाई कर तिर्दै आएका छन् ।

तर ती २ निकाय बिच हुने भनिएको सम्झौताले अमेरिकामा रहेका नेपालीसहितका आप्रवासीहरूमा भय बढेको छ ।