काठमाडौं । ओमानका लागि नेपाली राजदूत डोरनाथ अर्याल र ओमान एयरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कोन कोर्फियाटिसबीच भेटवार्ता भएको छ ।भेटवार्तामा राजदूत अर्यालले नेपाल–ओमानबीच सीधा हवाई उडान सुचारु गर्नको लागि अनुरोध गरेका छन् ।
जवाफमा ओमान एयरका सीईओले सकारात्मक प्रतिक्रिया दिँदै मस्कट–काठमाडौं उडान पुनः सुचारु गर्न अध्ययन गरी यथाशक्य छिटो बोर्ड समीक्षा पेश गर्ने आश्वन दिएका छन् ।भेटवार्तामा आवश्यक समन्वयको लागि सम्पर्क व्यक्ति पनि तोक्ने निर्णय भएको ओमानस्थित नेपाली दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
नेपाली दूतावासका तर्फबाट प्रथम सचिव विशेष कुमार साहलाई सम्पर्क व्यक्ति तोकिएको राजदूत अर्यालले जानकारी दिएका छन् ।