सरकारले दियो सोमबार सार्वजनिक बिदा

आप्रवासन आप्रवासन

काठमाडाैँ । सरकारले सोमबार(कात्तिक ३०) सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले शुक्रबार सूचना जारी गर्दै सार्वजनिक बिदाबारे जानकारी दिएका हुन् । 

छठ पर्वमा अघिल्लो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिने र त्यसको भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ दिई व्रत समापन गर्ने परम्परा रही आएकोले छठ पर्वको भोलिपल्ट सोमबार समेत सार्वजनिक बिदा दिइएको जारी सूचनामा उल्लेख छ।

सूचनामा भनिएको छ,‘वि.सं.२०८३ कात्तिक २९ गते आइतबारका दिन परेको छठ पर्वका अवसरमा नेपाल सरकारले सार्वजनिक बिदा दिएको विदितै छ । छठ पर्वमा अघिल्लो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिने र त्यसको भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ दिई व्रत समापन गर्ने परम्परा रही आएकोले छठ पर्वको भोलिपल्ट अर्थात् मिति कात्तिक ३० गते सोमबारका दिन समेत सार्वजनिक बिदा दिइएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ।’

905482240_4617687675144013_1798738802923007140_n