भारतहुँदै खाडी हिँडेका ४० नेपाली महिलाको नयाँ दिल्लीबाट उद्धार गरी आज काठमाडौँ ल्याइँदै छ।
नेपाली दूतावासको समन्वय र भारतीय प्रहरीको सहयोगमा ‘किन इन्डिया’ले उनीहरूको उद्धार गरेको हो ।
उनीहरुलाई अवैध रूपमा घरेलु कामदारको रुपमा तेस्रो मुलुक लैजान लागिएको थियो ।
सरकारले घरेलु कामदारको रुपमा वैदेशिक रोजगारीमा जान निषेध गरेको छ ।
यसैकारण दलालहरुको योजनामा उनीहरुलाई भारतको बाटोहुँदै अवैध रुपमा खाडीका कुवेत, साउदी, ओमान र युएई लगायतका खाडी मुलुकमा लैजान लागिएको खुलेको छ ।
उनीहरुलाई प्रहरीको मानव बेचविखन ब्युरोको जिम्मा लगाएर बिहीबार साँझ गाडीमार्फत काठमाडौँ पठाइएको थियो ।
थप अनुसन्धानका लागि उनीहरुलाई काठमाडौँ ल्याइएको हो ।