अमेरिका पढ्न जाने विद्यार्थीलाई एमपावरको ठूलो राहत, १ लाख डलरसम्म बिनाधितो ऋण

आप्रवासन आप्रवासन


अमेरिकी संस्था एमपावर फाइनान्सिङले स्नातकोत्तर तहमा अध्ययनका लागि अमेरिका जाने नेपाली विद्यार्थीहरूलाई १ लाख अमेरिकी डलरसम्म बिनाधितो ऋण दिने भएको छ।

नेपालका परम्परागत बैंकहरूले जग्गा वा जमानी खोज्ने सर्त राख्ने गरेकोमा वाशिङ्टन डिसीस्थित एमपावरले बिनाधितो र बिनाजमानी ऋण दिने योजना अघि सारेको हो। संस्थाले विद्यार्थीको पारिवारिक सम्पत्तिलाई भन्दा पनि विश्वविद्यालय प्रवेश, अध्ययन क्षेत्र र भविष्यको आम्दानी क्षमतालाई मुख्य आधार मानेर शैक्षिक ऋण दिने जनाएको छ।

विद्यार्थीहरूले दुई हजार डलर देखि एक लाख डलरसम्मको ऋणका लागि आवेदन दिन सक्नेछन्, जसमा ट्युसन शुल्कका साथै बसोबास खर्च पनि समेटिनेछ। यसको आवेदन प्रक्रिया पूर्ण डिजिटल, स्थिर ब्याजदर र पारदर्शी भुक्तानी योजना भएको संस्थाले दाबी गरेको छ। हाल ३२ हजारभन्दा बढी नेपाली विद्यार्थी अमेरिकी विश्वविद्यालयहरूमा अध्ययनरत छन्।